FAQs Complain Problems

ग्यालरी

रोहिणी गाउँपालिका वडा नं. ५ का २५० जना स्थानीयलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ। गाउँब्लक तथा लामो समयदेखि लालपुर्जाविहीन रहेका स्थानीयलाई स्वामित्वको प्रमाण उपलब्ध गराउने उद्देश्यले आयोजित कार्यक्रममा पूर्वाधार विकासमन्त्रीको उपस्थितिमा लालपुर्जा वितरण गरिएको हो। उनले नागरिकको जग्गासम्बन्धी समस्या समाधान गर्न सरकार र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गरे। लालपुर्जा हातमा पाएपछि स्थानीयवासीले लामो समयदेखिको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले अब आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित भएको बताएका छन्।

मिति: 08/18/2026 - 09:33
, , , , ,

Pages

//